काठमाठौं,सुन तस्करीमा चिनियाँ गिरोहले बिभिन्न सामानबाट भिन्न भिन्न समयमा एक वर्षमै दुई हजार आठ सय ३१ केजी सुन नेपालमा तस्करी गरेको खुलासा भएको छ । प्रहरीका अनुसार ‘ब्रेक सु’मा लुकाएर विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गर्ने क्रममा एक वर्षसम्म उनीहरूले सयौँपटक सुन तस्करी गरेको विवरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फेला पारेको हो ।
यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध गत ३१ भदौमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० किलो सात सय १६ ग्राम सुन बरामद भएको थियो ।सो समूहले थप सुन तस्करी गरेको तथ्य विस्तृत अनुसन्धानबाट खुलेको सिआइबी स्रोतले बताएको छ ।