काठमाडौं,जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

रौतहटको राजपुरमा २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा बम बिस्पफोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।