काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले घान्द्रुक भ्रमण कार्य सम्पन्न गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८० भाद्र महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल करिब एक सय ४० जनाभन्दा बढी बरिष्ठ अभिकर्ताहरूको उत्साहजनक उपस्थितिमा नेपालको पर्यटकीय क्षेत्र घान्द्रुकको भ्रमण गराइएको हो ।
भ्रमण कार्यक्रममा सहभागी भएका बरिष्ठ अभिकर्ताहरूले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताहरूबीच चिनजान हुनुका साथै एक आपसको अन्तक्र्रियाबाट धेरै कुराहरू जान्न बुझ्न पाउने अवसर जुराइदिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए । तीन रात चार दिनसम्म सञ्चालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागी अभिकर्ताहरूले यथेष्ट मनोरञ्जन लिएका थिए ।