काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले डिलाइट टेलरिङ सेन्टर, पुतलीसडक काठमाडौंसँग समझदारी गरेको छ । बिहीबार भएको उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरूले यही वैशाख १४ गतेदेखि समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरी उक्त टेलरिङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समझदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुभास श्रेष्ठ र डिलाइट टेलरिङ सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङसेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।