काठमाडौं । सेयर बजार परिसचुक नेप्से ओरालो लागेको छ । यो साता सुरुवाती कारोबार दिन देखि नैं उकालो लागेको बजार परिसुचक नेप्स साताको अन्तिम कारोबार दिन आज बिहिबार भने सात दशमलव ३१ अंकले ओरालो लागेर १९ सय ९८ दशमलव ९६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४८ अंकले ओरालो लागेर तीन सय ५६ दशमलव शुन्य पाँच बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ६४ हजार एक सय ८१ पटकको कारोबारमा ९४ लाख ९८ हजार दुई सय ९८ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम चार अर्ब १३ करोड ३३ लाख ६२ हजार सात सय २६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त र व्यापार समुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।