काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड दिएको छ । त्यस्तै सञ्चार जगत् राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने र कर्पोरेट क्षेत्र विशेषतः ठूला कम्पनीको स्वार्थको हतियार बन्न नहुनेमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको छ ।
मानव अधिकार तथा शान्ति समाजले शुक्रबार ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा युद्धको चपेटामा सयभन्दा बढी पत्रकारको हत्या गरिएकामा निन्दा गर्दै जस्तोसुकै अवस्थामा पनि पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड दिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शान्ति समाजको आयोजनामा विभिन्न जिल्लामा कार्यक्रम भएको छ ।
युद्धको चपेटामा पत्रकारहरुः युद्ध अन्त्य गर, पत्रकारको सुरक्षा गर, मर्यादित एवं व्यावसायिक पत्रकारिताः केन्द्रविन्दुमा श्रमजीवी पत्रकारको सुरक्षा भन्ने आह्वानसहित २०८१ वैशाख २१ गते दाङमा संवाद कार्यक्रम र काठमाडौँ, सङ्खुवासभा, चितवन जिल्लामा प्रदर्शन सम्पन्न भएको हो । यस्तै शान्ति समाज जिल्ला शाखाको आयोजनामा अन्य जिल्लामा पनि कार्यक्रम भइरहेको जनाइएको छ ।