मोरङ । कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । यही वैशाख ३१ गते विहान ११ बजेका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले वैठक आह्वान गरेका हुन् ।

कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त वैठक आह्वान गरेका हुन् ।