बेइजिङ । चीनको केन्द्रीय बैंक (पिपुल्स बैंक अफ चाइना)ले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्र पुनरुत्थानका लागि मौद्रिक नीति प्रभावकारी भएको उल्लेख गरेको छ । समीक्षामा सन्तुलित र प्रभावकारी रणनीतिलाई प्रकाश पार्दै अनुकुल मौद्रिक र वित्तीय परिदृश्यमा आर्थिक पुनरुत्थानको लागि आधार तयार भएको उल्लेख गरेको छ ।
तरलता पर्याप्त कायम राख्न मौद्रिक नीतिले उल्लेख्य कदम उठाएकोे केन्द्रीय बैंकले जनाएको छ । रिजर्भ आवश्यकता अनुपातमा शून्य दशमलव पाँच प्रतिशत विन्दुले कमी आएको र यसले एक खर्ब युआनको माध्यमबाट दीर्घकालीन तरलतालाई सहज बनाई अर्थतन्त्रलाई लचिलो बनाएको उल्लेख गरेको छ ।
बहुआयामिक दृष्टिकोण, खुला बजार सञ्चालन, मध्यमकालीन ऋण सुविधा, र पुनः ऋण दिने र पुनः छुट दिने उपकरणहरूको मिश्रणले तरलताको पर्याप्तता सुनिश्चित गर्दै, वित्तीय स्थिरतालाई थप सुदृढ पारेको छ समीक्षामा उल्लेख छ ।
स्थिरता र वित्तीय लागत घटाउने प्रयासहरू भएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । ग्रामीण क्षेत्र र साना व्यवसायका लागि पुनः ऋण र छुट ब्याजदरमा शून्य दशमलव २५ प्रतिशत घटाउने लक्ष्य लागू गरिएको उल्लेख गरेको छ ।