काठमाडौं । आइतबार शेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार भएको छ । कारोबार हुने साताको पहिलो दिन शेयर बजार आठ अंक भन्दा बढीको वृद्धि भएको हो ।
आइतबारको कारोबार बन्द हुँदा नेप्से आठ दशमलव २६ अंकले बढेर १९७४ दशमलव ५० विन्दुमा पुगेको छ । गत हप्ता शेयर बजार साढे १ प्रतिशतले ओरालो लागेको थियो । आइतबार शेयर बजारमा कारोबार भएका कम्पनिमध्ये एक सय २७ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ११ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै सात कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज तीन सय ११ कम्पनीका ७८ लाख ५७ हजार ३१ कित्ता शेयर ४९ हजार सात सय ६४ पटक खरिद बिक्री भएका छन् । जसबाट तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार एक सय ६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव २१ अंकले बढेर तीत सय ५० दशमलव ८२ अंकमा पुगेको छ ।