काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो दिन आज आईतबार बजार परिसुचक (नेप्से) २२ दशमलव १४ अंकले ओरालो लागेर २१ सय नौं दशमलव ३४ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४४ अंकले ओरालो लागेर तीन सय ७९ दशमलव २३ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको ७० हजार पाँच सय ८६ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड १० लाख ४४ हजार चार सय ८५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४४ करोड १५ लाख ३८ हजार चार सय ७१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् ।