काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिक सााधारणसभा सम्पन्न भएको छ । कम्पनीले बुधबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/८० (एनएफआरएस बमोजिम) को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूसहितको वित्तीय विवरण, सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण, आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता तीन अर्ब २० करोड रुपैयाँको २३ दशमलव ८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि एक दशमलव २५ प्रतिशतका दरले हुन आउने चार करोड ८४ हजार दुई सय १० रुपैयाँ नगद लाभांश वितरण गर्ने, सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालक स्नेहा शर्माको निर्वाचन र कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आएबमोजिम बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्तावहरू पारित गरेको छ ।