काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नारायणघाट, चितवनमा आफ्नो नयाँ एनसेल सेन्टर खोलेको छ । कम्पनीले लायन्स चोक (होटल रेड कार्पेट भवन), नारायणघाटमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।
एनसेलका चिफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले एक कार्यक्रमका बीच बिहीबार नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका थिए । यो सेन्टरबाट ग्राहकहरूले सबै किसिमका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् । यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन् । यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इ–सिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्नेलगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् ।
आइतबारदेखि शुक्रबार हप्ताको छ दिन यस सेन्टरले ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ । यसअघि एनसेलले पुल्चोक, नारायणघाटमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । एनसेलले देशका विभिन्न भागमा ३० वटाभन्दा बढी एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।