काठमाडौं । समृद्धि फाइनान्सले औरही शाखाबाट स्टेसनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । वैशाख २६ गते बुधवार औरहीको पिस जोन विद्यालयका एक सय २५ जना विद्यार्थीलाई कापी र कलम वितरण गरेकोे हो ।
फाइनान्सले मासिकरूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमहरूको सूचीमध्ये बनेपा र मधुवन शाखाबाट गत हप्ता स्टेसनरी वितरण कार्यक्रमअन्तर्गत विपन्न वर्गका ७० विद्यार्थीलाई कापी र कलम वितरण गरिसकेको छ । साथै, वैशाख महिनाभित्र आफ्ना गैर, कसाह र खरेन्द्रपुर शाखाबाट स्टेसनरी वितरण सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडआदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।