काठमाडौं,देशका बिभिन्न ठाउँहरुमा स्थापना भएका सहकारी संस्थाहरुले बचतकर्ताहरुको जम्मा भएको रकम हिनामिना गरेका बिबरणहरु सार्वजनिक भएका छन् । गलत नेतृत्वको पासोमा परेका सहकारी संस्थाहरु बदनाम बनेका छन् । सहकारीको बिषय बाहिर आएपछि प्रहरीले अहिले रकम हिनामिना गर्ने सहकारीका संचालकहरुलाई प्रकाउ गरेको छ । भने, केही सहकारीका संचालक देश छोडेर फरार भएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अहिले ६० हजार भन्दा बढी बचतकर्ताहरुले ठगीका बिरुद्ध उजूरी दिएका छन् । समितिले २० वटा सहकारीलाई समस्याग्रस्त भनेर घोषणा गरेको छ भने बाकी नौ वटालाई पनि छानबिनको दायरामा ल्याएर अनुसन्धान गरिरहेको छ ।
यि २९ वटा सहकारीमा मात्रै बचतकर्ताको ५९ अर्ब ३९ करोड रकम जोखिममा देखिएको छ ।सरकारले यसअघि नै २० सहकारिलाई समस्याग्रस्त घोषित गरेको छ । जसमा,शिव शिखर बहुउदेश्यीय सहकारीले ९ अर्ब ४९ करोड २२ हजार ८९६,लालीगुराँस बहुउद्देश्यीय सहकारीले ७ अर्ब ४ करोड ५ लाख ९२ हजार ४७०,कात्तिपुर सेभिङ एन्ड क्रेडिटले ६ अर्ब ७८ करोड ५१ लाख ५ जार ४५४, ओरेन्टल को अपरेटिभले ३ अर्ब १९ करोड ५० लाख २२ हजार ८६२,गौतमश्री बहुउद्देश्यीय सहकारीले २ अर्ब १९ करोड ५० लाख २२ हजार ५३५,कृषि विकास बहुउदेश्यीय सहकारीले २ अर्ब ८२ करोड २७ लाख ८७ हजार ७९३,तुलसी बहुमुखी सहकारीले १ अर्ब ५५ करोड ८१ लाख ६१ हजार ३१,पशुपति सेभिङ एण्ड क्रेडिटले १ अर्ब ११ करोड ४८ लाख ३ हजार ६१८,प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्टले ४८ करोड ७३ लाख ९८ हजार ९१३, प्रभु बचत तथा ऋण सहकारीले १३ करोड २० लाख ८९ हजार ९२७, लुः निभा बहुउद्देश्यीय सहकारीले ११ करोड ७४ लाख ४४ हजार २६,स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिटले ११ करोड ८ लाख ९३ हजार ८२८, मोसाइटल बचत तथा ऋण सहकारीले १० करोढ ८७ लाख ४१ हजार २४३,हाम्रो नयाँ कृषि सहकारीले ७ करोड ७७ लाख ९० हजार १९८,कञ्जुमर बचत तथा सहकारीले ४ करोड ३४ लाख ७८ हजार २५२,कोहीनूर बचत तथा ऋण सहकारीले २ करोड ४१ लाख ७१ हजार ८९९,भेगास बचत तथा ऋण सहकारीले १ करोड ६५ लाख ४४ हजार ७११, चार्टर्ड सेभिङ एन्ड क्रेडिटले ८४ लाख ११ हजार ४९४ रुपैयाँ हिनामिना गरेका छन् ।
त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप नौ सहकारीलाई छानवीनको दायरमा लिएको छ ।जसमा,सुमेरु बचत तथा ऋण सहकारीले १० अर्ब ३४ करोड ७ लाख ३९ हजार,आइडियल यमुना सहकारीले ८ अर्ब,इमेज बचत तथा सहकारीले ३ अर्ब,सुर्यदर्शन बचत तथा ऋण सहकारीले १ अर्ब ११ करोड ५३ लाख,स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीले ६४ करोड,सुप्रिमो बचत तथा ऋण सहकारीले १५ करोड ३१ लाख,सहारा बचत तथा ऋण सहकारीले ३ करोड ३४ लाख ७४ हजार १५४ र समानता बचत तथा ऋण सहकारीले १ करोड ९ लाख ७२४ रुपैयाँ अपचलन गरेको छ ।
आम नागरिकहरुले जम्मा गरेको रकम यसरी हिनामिना गर्ने सहकारीका संचालकहरु राजनीतिक दलमा आबद्ध भएको पनि देखिएको छ । नेपाली कांग्रेस,नेकपा एमाले,राप्रपा लगायतका दलसँग संचालकहरु आबद्ध भएको देखिएको छ । सरकार र संसदमा रहेका दलहरुले सहकारीको समस्या समाधान गर्न भन्दा पनि सहकारीको समस्या बाहिर बनाबटी देखाएर त्यसलाई राजनीतिको अस्त्रको रुपमा प्रयोग गर्न खोजिरहेको गतिबिधिहरुले पुष्टी गरिराखेको छ । संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बिषयमा गृहमन्त्री रबी लामिछानेलाई मुछेर सहकारी सबै उसैले डुबाएको हो भन्ने जस्तो तर्क गरेर नागरिकमा एउटा भाष्य सिर्जना गर्न खोज्दै छ भने,सरकारले त्यसलाई प्रतिकार गर्न तर्फ समय लगाईरहेको देखिन्छ । सरकारमा आबद्ध रहेका दलहरु त्यसमा पनि सबैभन्दा ठूलो दल नेकपा एमालेले सरकार ढल्न सक्ने आशंका बीच गृहमन्त्री रबी लामिछानेको कबच बनेर उभिएको देखिएको छ । राजनीतिक दलहरु सांसद र सरकारले जे जस्ता तर्क गरेपनि आफ्नै ढिप्कीमा अडिग भएका छन् । नेपाली कांग्रेसले रबी लामिछानेलाई निसाना बनाएर सदन देखि सडक सम्म बिरोध गरिरहेको छ भने यता सरकारमा रहेका दलहरुले भने ब्याक्ति केन्द्रीत नभई सबै सहकारीको समस्या समाधान गर्नुपर्छ भनेर कांग्रेसको कुरालाई अपब्याख्या गरिरहेका छन् ।१ लाख ३८ हजार ८८५ जनाले आफ्नो रकम हिनामिना भएको भनि दावीकर्ताकाले समितिमा निवेदन दिएका छन् । उक्त बचत रकम ५९ अर्ब ३९ करोड ८६ लाख ८६ हजार ३१९ रुपैँया हुनपुग्छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यो बारेमा अध्ययन गरिरहेको छ भने संसदीय छानवीन समितिले पनि आफ्नो काम अगाडी बढाइरहेको छ ।