काठमाडौं । विगत सत्र वर्षदेखि आम नेपाली सर्वसाधारण ग्राहकहरू माझ सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग प्रदान गरेको छ । बेनी अस्पतालमा आज आयोजित एक कार्यक्रमका बीच अस्पताललाई वाटर फिल्टर हस्तान्तरण गरिएको छ । अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण बिरामीहरूलाई कठिनाइका साथसाथै स्वास्थ्यकर्मीहरूलाई पनि सेवा प्रवाहमा असहजता भएको हुँदा अस्पतालको सेवा प्रवाहमा केही हदसम्म सहजता होस् भन्ने हेतुले बैंकले बेनी अस्पताललाई दुईवटा वाटर फिल्टर सहयोग प्रदान गरेको हो । बैंकको यस कार्यबाट सेवाग्राहीहरूलाई अस्पतालमा सुरक्षित पिउने पानीको सुनिश्चितता हुने, पानीबाट हुने संक्रमणहरूमा कमी आउने र समग्रमा त्यस क्षेत्रको स्वास्थ्यमा प्रवर्द्धन हुने विश्वास बैंकले लिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १७ लाख ३८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप सात वटा शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।