काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिलेको अवस्थामा कम्युनिस्ट आन्दोलनको आवश्यकता र चाहनालाई ध्यानमा राख्दा पार्टीलाई क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्तको दिशामा सबभन्दा पहिले रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले आफूले पार्टीको नेतृत्व लिन पाए नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने दाबी समेत गरेका छन् । 'अहिले पार्टीसामु थुप्रै वैचारिक, राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक चुनौती छन् । यी चुनौती सामना गर्न क्रान्तिकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ उनले सामाजिक सन्जालमा लेखेका छन् । उनले आफूले आफ्नै ढंगले त्यो आवश्यकता पूर्तिका निम्ति भूमिका खेल्नुपर्ने देखिरहेको पनि बताए ।