काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार प्रतिवादीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ घर भई ललितपुर महानगरपालिका– २८ हरिसिद्धी बस्ने ४७ वर्षीया लैला कुमारी गहतराज र चितवन भरतपुर महानगरपालिका–२४ सुन्दरबस्ती घर भई जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने ३४ वर्षीय पदम बहादुर नेपाली रहेका छन् ।