जलेश्वर । लामो समयपश्चात् बुधबार परेको पानीले जलेश्वरको सडक जलमग्न भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित महादेव मन्दिर अगाडि सडकमा जमेको पानीको प्रर्वाह नगरी विद्यार्थीहरु विद्यालय जाँदै गरेका छन् । नालीको व्यवस्था नभएकाले सडकमा पानी जमेको जलेश्वरका बासीन्दाहरुले बताएका छन् ।