काठमाडौं । शंघाई लान्च अटोमोटिबको पहिलो प्रिमियम एसयूभी एल इभी ०१ नेपालमा सार्वजनिक गर्ने तयारी गरिएको छ । सो कम्पनीको नेपालका लागि आधिकारिक विक्रेतामा वेबोर ग्रुपअन्तर्गतको नेक्सन भेन्चर्स प्रालि नियुक्त भएसँगै सो एसयूभी ईभी नेपालमा ल्याउन लागिएको हो ।
शंघाई लाउन्च अटोमोटिभले आफ्नो पहिलो राइट ह्यान्ड ड्राइभ मोडलको रूपमा प्रिमियम एसयूभी एल ई भी ०१ लाई तयार पारेको हो ।
वेबर ग्रुपले नेपाली बजारमा एल ई भी ०१ को सुरुवात गर्दै वातावरणमैत्री ड्राइभिङ अनुभव उपलब्ध गराउने जनाएको छ । यसले उच्च गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
प्योर ईवी प्लेटफार्ममा निर्मित प्रिमियम इलेक्ट्रिक एसयूभी एल ई भी–०१ को लम्बाइ ४६४० एमएम, चौडाई १८७० एमएम, उचाइ १६५५ एमएम रहेको छ । यसको ह्विलबेस २७६० एमएम छ । १९ इन्चको ह्विल रहेको एल ई भी–०१ को ग्राउन्ड क्लियरेन्स १९० एमएम छ ।
यसमा ६७ दशमलव एक किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर छ । यसले पाँच सय प्लस किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको भनाई छ ।