काठमाडौं, स्वतन्त्ररुपमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए पनि कांग्रेस र एमालेका सदस्यहरुलाई दबाबमा राखेर नगर प्रहरी र युट्युबरहरुको साहारामा आतङ्क मच्चाउँदै आएका मेयर बालेन्द्र शाह दुई वर्षपछि पूर्णरुपमा एक्लिएका छन् । मेयर शाहले बाहिर आफूखुसी बजेट बनाउँदै प्रस्तुत हुँदै आए पनि एक सय ६१ सदस्यीय नगरसभामा एक सय ६० नगरसभा सदस्यहरुले हस्ताक्षर गरेर एकमत जनाएपछि मेयर शाह पहिलोपल्ट अप्ठ्यारोमा परेका हुन् ।
मेयर शाहले नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेताहरुको अवमूल्यन गर्ने प्रयास गरेपछि नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीका नगरसभा सदस्यहरुले हस्ताक्षर गरेर एकमत जनाएका थिए । त्यसपछि मेयर शाहले शुक्रबारको नगरपरिषद्को बैठक नै बहिष्कार गरेका छन् र सामाजिक सञ्जाल फेसबुकबाट जवाफ फर्काएर बसेका छन् ।