काठमाडौं,नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा आफ्नो दल र एमालेबीच अझै पनि कैयौँ विषयमा मतभिन्नता रहेको उल्लेख गरेका छन्। आइतवारबाट राजधानीमा सुरु भएको पार्टीको महाधिवेशनमा नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेबाट आफूहरू बाध्य भएर अलग भएको उल्लेख छ।माधव नेपालको दस्तावेजमा एमालेलाई ूदक्षिणपन्थीू र ूनेताप्रधानू पार्टी भएको आरोप लगाइएको छ। तर एमालेकी एकजना सचिवले त्यसको खण्डन गरेकी छन्।एकीकृत समाजवादीले एमालेलाई हेर्ने दृष्टिकोणएकीकृत समाजवादीले आफ्नो अधिवेशनलाई १०औँ अधिवेशन भनेको छ। पार्टी विभाजनपछि यसअघि एमालेले पनि १०औँ अधिवेशन गरेको थियो। एकीकृत समाजवादीको ४० पृष्ठ लामो दस्तावेजमा ६५ ठाउँमा एमाले शब्द उल्लेख छ। “प्रतिनिधिसभामा ७८ सिट भएको नेकपा एमाले दक्षिणपन्थी अवसरवादी प्रवृत्ति बोकेको कम्युनिस्ट पार्टी हो,” लामो समय एमालेको नेतृत्व गरेका र तीन वर्षअघि अलग पार्टी गठन गरेका नेपालले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्।समाजवादी कार्यक्रम र कार्यदिशा अँगाल्न नसकेको आरोप पनि नेपालले एमालेमाथि लगाएका छन्। “संविधानको मूल मर्म र भावनामाथि प्रहार गर्न पछि नपरेको यो पार्टी नीतिप्रधान नभएर नेताप्रधान हुँदै गएको छ,” प्रतिवेदनमा भनिएको छ। एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो दलमा एमालेप्रति कुनै मोह नभएको दाबी गरे। ूअन्तरसङ्घर्षको वास्तविकता उल्लेख गर्ने क्रममा हाम्रो दस्तावेजमा एमालेबारे धेरै चर्चा गरिएको भए पनि एमालेसँग एकता गर्ने कुनै मोह हाम्रो पार्टीका नेता र कार्यकर्ताहरूमा छैन,ू उनले भने। पार्टी विभाजनको कारणएमालेको लामो समय नेतृत्वमा रहेका नेता नेपाल र झलनाथ खनालले गठन गरेको एकीकृत समाजवादीले आफ्नो दस्तावेजमा पार्टी विभाजनको दोष एमाले अध्यक्ष केपी ओलीमाथि लगाएको छ। “नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओली पार्टीका सिद्धान्त, नीति, विधि र पद्धति अनुरूप कहिल्यै पनि चलेनन्,” दस्तावेजमा भनिएको छ। “उनले पार्टीको संस्थागत प्रणालीलाई कहिल्यै पनि महत्त्व दिएनन् । पार्टीलाई विधि र पद्धति अनुसार होइन गुटगत, स्वेच्छाचारी र व्यक्तिवादी ढङ्गले चलाए।” एमालेलाई तत्कालीन समयमा ओलीले “नीति, विधि, पद्धति र मापदण्ड”का आधारमा नचलाएको गुनासो एकीकृत समाजवादीको दस्तावेजमा उल्लेख छ। ओलीमाथि लाञ्छनानेता नेपालले २०७७ पुस २२ मा ओलीले माओवादी समेत मिलेर बनेको नेकपा फुटाउने तयारी गरेको आरोप आफ्नो दस्तावेजमा लगाएका छन्। “एकातर्फ राजनीतिक द सम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याउने र अर्कोतर्फ केपी ओलीकै निर्देशनमा ‘उदाउँदो सूर्य’ चुनाव चिन्हसहित नेपाल कम्युनिस्ट पार्टी ९एमाले० नामको अलग पार्टी निर्वाचन आयोगमा दर्ता गर्नेजस्ता कार्य गरी पार्टी विभाजनको तयारी गरिएको थियो,” नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्।नेकपा एमालेकी सचिव पद्मा अर्यालले यस्तो आरोपमा सत्यता नरहेको बताइन्। “मैले दस्तावेज पढ्न पाएको छैन। तर यस्तो दाबी गरिएको छ भने फुटेर गरेको पार्टीले फुटको औचित्य पुष्टि गर्न झुटको सहारा लिएको होला। त्यस्ता आरोपबारे टिप्पणी गर्ने कुरा पनि हुँदैन,” अर्यालले बीबीसी न्यूज नेपालीसँग भनिन्। ‘एमालेमै रहन चाहन्थ्यौँ’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूहरू पार्टी एकताको पक्षमै भए पनि आफूहरूलाई अलग पार्टीमा जान बाध्य बनाइएको दाबी गरेका छन्। “हामी एकताको पक्षमा थियौँ र एमालेमै रहन चाहन्थ्यौँ, तर अर्को पक्ष एमालेलाई विभाजन गरिछाड्ने गरी प्रस्तुत भएकाले एकता जोगाउन सकिएन,” नेपालको राजनीतिक प्रतिवेदनमा जिकिर गरिएको छ।आफूहरूले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गरे पनि अर्को पक्षले एकता जोगाउन नचाहेपछि एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठन गरिएको नेपालको जिकिर छ। तर नेकपा एमालेकी सचिव अर्याल यस्तो आरोपको खण्डन गर्छिन्। “त्यस बेला पार्टीका बैठक छलेर शृङ्खलाबद्ध गतिविधि गर्ने र पार्टी कब्जा गरेर अध्यक्षलाई नै साधारण सदस्यबाट हटाउनेसम्मका गतिविधिमा उहाँहरू उत्रनुभएको होइन ररु पछि परिस्थितिले उहाँहरू असफल भएसँगै पार्टी छोडेर जानु भएको जगजाहेर नै छ,” अर्यालले बीबीसी न्यूज नेपालीसँग भनिन्। एमालेसँग पाँच भिन्नताएमालेसँग अहिले पनि रहेका पाँचवटा भिन्नता रहेको नेपालको प्रतिवेदनमा उल्लेख छ। त्यसमा एउटा विषय मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको विषय पनि छ। एमालेले अझैसम्म जनताको बहुदलीय जनवादको पक्षमा रहेको तर आफ्नो दल समाजवादको पक्षमा रहेको नेपालले उल्लेख गरेका छन्। उक्त पाँच बुँदामा एकीकृत समाजवादीले ‘जनवादी क्रान्ति’ पूरा भएको मान्ने तर एमालेले अधुरै रहेको ठान्ने उल्लेख छ। त्यस्तै आफ्नो दलले पार्टीको मार्गदर्शक सिद्धान्त ‘मार्क्सवाद–लेनिनवाद’लाई मात्र मान्ने तर एमालेले ‘जनताको बहुदलीय जनवाद’ लाई पनि मान्ने जिकिर छ।एकीकृत समाजवादीले अघि सारेको ‘समाजवादी क्रान्ति’को कार्यक्रममा एमालेले असहमति जनाउने र त्यसलाई एमालेले ‘समाजवादको आधार तयार गर्ने’ कार्यक्रम मात्रै भन्ने गरेको माधव नेपालको प्रतिवेदनमा उल्लेख छ। “हामीले समाजवादी कार्यदिशा अँगाल्ने भन्छौँ भने एमालेले ‘जनताको बहुदलीय जनवाद लागु गर्दै राष्ट्रिय पुँजीको विकास गर्नु र समाजवादको आधार निर्माण गर्नु हामीले अवलम्बन गरेको राजनीतिक कार्यदिशाको सार हो’ भन्छ” प्रतिवेदनमा भनिएको छ। पाँचौँ भिन्नतामा नेपालले आफ्नो दलले ‘प्रतिगामी पुनरुत्थानवादी तत्त्वहरूविरुद्ध प्रहार केन्द्रित गर्ने’ आफ्नो दलको नीति रहेको तर एमाले त्यस्ता तत्त्वसँग ‘सहकार्य गर्न चाहने’ दाबी गरिएको छ। “एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा हुनुपर्ने यी मुख्य गुण केपी ओलीले चलाएको एमालेमा एउटा पनि छैन,” नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्। नेतृत्वमा पुरानै नेताको आकाङ्क्षाप्रतिनिधिसभाको सातौँ ठूलो दलको आगामी नेतृत्वका लागि अध्यक्ष माधव नेपाल र पार्टीले सम्मानित नेताको पद दिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल आकाङ्क्षी देखिएका छन्। पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल दुवै जना एकीकृत समाजवादी गठन गर्नुअघि एमालेको नेतृत्वमा रहिसकेका नेता हुन्। दुई शीर्ष नेताहरूलाई पार्टी महासचिव घनश्याम भुसालले पनि अध्यक्षमा चुनौती दिने चर्चा छ।नेतृत्वका लागि बुधवार हुने मनोनयनबाट मात्रै अध्यक्षका आकाङ्क्षीहरूको टुङ्गो लाग्ने उपमहासचिव खतिवडाले बताए। ूपार्टीको केन्द्रीय समिति १९९मा घटाउँदा धेरै क्षेत्रलाई समेट्न नसकिएको गुनासोपछि त्यसलाई बढाएर २९९ पुर्‍याउने प्रस्ताव पनि महाधिवेशनको बन्दसत्रमा पेस भएको छ,ू उनले भने। पटक पटक स्थगित हुँदै आएको यो दलको महाधिवेशन नयाँ दल बनेपछि पहिलो पटक हुन लागेको हो।