काठमाडौं । मनोज गजुरेलले पूर्वपत्नी मीना ढकाल पक्राउ परेकी छिन् । सात वर्ष अगि सम्बन्धविच्छेद गरेका गजुरेलको घरमा केही युवाहरु सहित पुगेर गजुरेलकी ८५ वर्षिया आमालाई लछारपछार गरेको र गजुरेलको घरमा ताला लगाउने प्रयास गरेको भन्दै स्थानियहरुले प्रहरीलाई खबर गरेसंगै घरमा पुगेका प्रहरीहरुले ढकाललाई पक्राउ गरेको हो । समबन्ध बिच्छेद पछि छोरी लिएकी ढकालको कार्यशैलीकै कारण बस्न नसकेको भन्दै छोरी केहि समयमानै बुबा गजुरेलकै घरमा फर्केर बस्दै आएकी छिन् ।