अल्पमतमा परेर सत्ताच्यूत हुन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग गोप्य भेटवार्ता गरेका हुन । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरु बीच लगभग १५ मिनेत गोप्य वार्ता भएको हो । उनीहरु बीच के विषयमा वार्ता भएको हो भन्ने कुरा चाहि दुबै पक्षले खुलाएका छैनन् ।