मस्को । रुससँग दीर्घकालीन सम्बन्ध बनउने रणनीतिसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार मस्को पुगेका छन् । प्रधानमन्त्री मोदीको यो भ्रमण रुस–युक्रेन सुरु भएयता पहिलो हो ।
मस्को प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले विज्ञप्तिमार्फत पुटिनसँग द्विपक्षीय सहयोगका विषय र विश्वव्यापी मुद्दाहरुमा साझा दृष्टिकोण बनाउन उत्सुक रहेको बताएका थिए ।
मस्कोले भारतका लागि कम मूल्यमा कच्चा तेल निर्यात गरिरहेको छ र हतियारको पनि प्रमुख आपूर्तिकर्ता हो । पश्चिमबाट एक्लिँदै गएको मस्कोले भारतसँग सम्बन्ध बलियो बनाई आफ्नो व्यापार विस्तार गर्न चाहन्छ ।
भारतीय युवाहरु रुसी सेनामा सहायक नोकरीका लागि भर्ती भएको विषयमा मोदीले वार्ता गर्ने बताइएको छ ।
मोदीले यसअघि सन् २०१९मा रुसको भ्रमण गरेका थिए । रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गर्नभन्दा केही साता अघि पुटिन नयाँदिल्ली भ्रमणमा थिए ।