काठमाडौं । सुजल फुड्स प्रालिले आफ्नो नयाँ उत्पादन ‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा ल्याएको छ । कम्पनीले सार्वजानिक गरेको ‘डिलाइट डेरी ह्वाइटनर’ शतप्रतिशत अन्तर्राष्ट्रियस्तरको स्वदेशी उत्पादन भएको दाबी गरेको छ ।
कम्पनीका अनुसार देशभरिका विभिन्न स्थानहरूबाट सङ्कलित दूधलाई नवीनतम, उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी यो उत्पादन तयार पारिएको हो । अन्य पाउडर दूधको तुलनामा यो बाक्लो रहेको छ भने यसको अत्याधुनिक ‘अल्ट्रा ड्राइङ स्प्रे प्रविधि’ले समान मिश्रण कायम गरी मन तातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको कम्पनीले जनाएको छ । आधुनिक मेटालिक प्याकेजिङका कारण यो पाउडर दूध १२ महिनासम्म ढुक्क भई प्रयोग गर्न सकिने जनाइएको छ । ‘डिलाइट डेरी ह्वाइटनर’ बाक्लो क्रिमी र स्वादिष्ट रहेको कम्पनीको दाबी छ ।
गाई र भैँसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण यो पाउडर दूध चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने जनाइएको छ । ‘डिलाइट डेरी ह्वाइटनर’ देशभरिका भाटभाटेनी, सेल्स बेरी, बिगमार्ट, किराना पसलका साथै अनलाइन सपिङमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।