काठमाडौं, मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १(० गोलअन्तरले पराजित गरेको हो।अर्जेन्टिनाका स्टार लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गरेको गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि हात पारेको छ । मार्टिनेजले ११२औं मिनेटम गोल गरेका थिए। उनको गोलनै खेलमा निर्णायक बन्यो। जारी प्रतियोगितामा उनको यो पाँचौ गोल गरेका छन्। उनले जियोवानी लो सेल्सोको पासमा गोल गरेका थिए । योसँग अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ।