काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । विश्वव्यापी शिक्षामा नेपाली विद्यार्थीहरूको पहुँच वृद्धि गर्नका लागि कप्तान पौडेलसँग साझेदारी गरिएको संस्थाले जनाएको छ ।
खासगरी अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि कप्तान रोहित पौडेलसँगको सहकार्यले सत्य र तथ्यपरक जानकारी र सूचना सम्प्रेषण तथा परामर्श प्रदान गर्न थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । नेपाली क्रिकेटको वृत्तिविकासमा सक्षम र प्रभावशाली नेतृत्व प्रदान गरिरहेका कप्तान रोहित नेपाली युवाहरूका रोल मोडल समेत हुन् । युवाहरूमा परिचित तथा प्रभावशाली रहेका रोहितले ब्रान्ड एम्बेसडरको रूपमा सशक्त भूमिका निर्वाह गर्दै शैक्षिक परामर्शको कार्यलाई गुणवत्ता र विश्वसनीयरूपमा अगाडि बढाउन सक्षम हुने द नेक्स्टको विश्वास छ । खासगरी द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी निर्दिष्ट गरेका, योजना, कार्यक्रम र लक्ष्यहरूको प्राप्तिका लागि रोहितसँगको सहकार्य थप सुखद् र प्रभावकारी हुने जनाइएको छ ।
ब्रान्ड एम्बेस्डर घोषणा कार्यक्रममा द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीका सीईओ सालिक राम भण्डारीले ‘द नेक्स्ट एजुकेसनले सदैव टिमवर्क, गुणस्तर र पारदर्शितामा विश्वास राख्ने’ बताए ।