काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा बुधबारदेखि पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ ।
काठमाडौँको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।
१२ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाइने शाखाप्रमुख गौतमले बताए । उनका अनुसार जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप खुवाउने छन् ।