काठमाडौं, असार १० ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई राजनीतिक दलहरुले सहमति दिएका छन् । दलीय सहमति भएपछि प्रतिनिधिसभाको मंगलबारको बैठकले लोकसेवा आयोग विधेयक सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको उक्त विधेयक सर्वसम्मत पारित गरेको हो ।