काठमाडौं । अघिल्लो दिन २० अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने उकालो लागेको छ । बजार परिसुुचक आज ३५ दशमलव ५५ अंकले उकालो लागेर दुई हजार छ सय ९६ दशमलव ६५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २३ अंकले उकालो लागेर चार सय ८५ दशमलव ३८ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २९ वटा कम्पनीहरुको दुई लाख छ हजार छ सय ४३ पटकको कारोबारमा चार करोड तीन लाख ७१ हजार सात सय ७८ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार पाँच सय ४२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, निर्जीवन बीमा, सामुहिक लगानी कोष र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् ।