काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना, शुभलक्ष्मी कोषले गत आर्थिक वर्षका लागि इकाईधनीहरूलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । कोषले सात दशमलव पाँच प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यही साउन १४ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । यो एक खुलामुखी योजना भएकाले इकाईधनीहरूले आफूले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत थप इकाइहरू पनि खरिद गर्न सक्नेछन् । पुनः लगानी गर्न इच्छुक इकाईधनीहरूले साउन २१ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले जानकारी दिएको छ ।