काठमाडौं  । एनआईसी एसिया क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही भदौ ११ गते कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट ५२ दशमलव ५३ प्रतिशतका दरले हुन आउने १० करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।