काठमाडौं । नुवाकोटमा बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भए लगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । हेलिकप्टर दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।

दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँगको भेटमा दुर्घटना हुनु दुःखद् भएको बताए ।