नयाँदिल्ली । अमेरिकी शर्ट–सेलर फन्ड हिन्डनबर्ग रिसर्चले अडानी समूहविरुद्ध लगाएको कर्पोरेट दुराचारको आरोपमा अनुसन्धान गर्नबाट रोकेको दाबीमा भारतीय बजार नियामक सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड (सेबी)ले अस्वीकार गरेको छ ।
गतवर्ष हिन्डनबर्ग फरेन्सिक वित्तीय अनुसन्धन फर्मको आकस्मिक रिपोर्टपछि बन्दरगाहदेखि लिएर ऊर्जासम्मको विशाल अडानी समूहले आफ्नो बजारमूल्यभन्दा अर्बौँ डलर गुमाएको थियो । रिपोर्टमा अडानी समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट धकोकाधडीको आरोप लगाइएको थियो ।
ब्लुम्बर्ग इन्डेक्सअनुसार विश्वका १२औँ सबैभन्दा धनी व्यक्ति गौतम अडानीले उक्त रिपोर्टमा लगाइएको आरोपलाई अस्वीकार गरेका छन् । उनले सर्ट–सेलर्सको लाभका लागि आफ्नो छवि बिगार्न ‘जानीजानी प्रयास गरिएको’ बताएका छन् ।
हिन्डनबर्गले अडानीका ठूलो भाइ विनोदले मरिसस, साइप्रस र धेरै क्यारेबियन टापुलगायत ट्याक्स हेवनमा ‘विदेशी शेल संस्थाहरुको विशाल भुलभुलैयाको व्यवस्थापन’ गरेको दाबी गरेको छ । धोकाधडीको दाबीले अडानी समूहले एक खर्ब ५० अर्ब डलरभन्दा बढी क्षति ब्यहोरेको थियो । त्यसपछि भारतको सर्वोच्च अदालतले सेबीसँग आरोपहरुको अनुसन्धान गर्न आग्रह गरेको थियो ।