काठमाडौं : दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टरले अमेरिकी यात्रु उडाउने भनेर लिएको अनुमतिमा चाइनिज उडाएको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय अन्तर्गतको हवाई यातायात विभागसँग यात्रुहरुको चार्टर्ड उडान अनुमति लिँदा ६ जना अमेरिकी यात्रु बोक्ने उल्लेख गरेको हेलिकप्टरले चिनिया नागरिकलाई लिएर गएको हो । एयर डाइनेस्टी हेली सर्भिसेजले कम्पनीबाट सञ्चालिक एएस ३५० हेलिकप्टरद्वारा (प्रतिकुलताको ७६ घण्टासम्म मान्य हुने गरी) कल साइन ९एन एजेडीका लागि उडान तथा अवतरण अनुमति मागेको थियो । जसमा ६ जना अमेरिकी नागरिकको नाम र राष्ट्रियता उल्लेख गरिएको छ । तर, सो हेलिकप्टरले काठमाडौं स्याफ्रुसी उडानमा अमेरिकी नभइ चिनियाँ नागरिक लगेको थियो ।