काठमाडौं, असार १४ मानुषी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा आर्जनमा गिरावट आएको छ । संस्थाले चालू आर्थिक ब्याजको पछिल्लो नौ महिनाको अवधिमा ५२ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ९७ लाख १२ हजार रुपैयाँ रहेको थियो ।