बेइजिङ । चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७ दशमलव १० प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ जुन यस वर्षकै सबैभन्दा उच्च हो ।
राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार १६ देखि २४ वर्ष उमेरसमूहका मानिसहरुको बेरोजगारी दर जुन महिनामा १३ दशमलव २० प्रतिशत थियो ।
युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरूमध्ये एउटा हो । एनबीएसले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशमा २५ देखि २९ वर्ष उमेरका युवामा बेरोजगारी दर अघिल्लो महिना छ दशमलव ४० प्रतिशतबाट बढेर जुलाईमा साढे छ प्रतिशत पुगेको छ ।
यसै सन्दर्भमा राष्ट्रपति सी जिनपिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई ‘शीर्ष प्राथमिकता’ राखेर अगाडि बढ्नुपर्ने बताएका छन् । जुन महिनामा ११ दशमलव ८० मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ ।