काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ८२ लाख नौ हजार सात सय ६९ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा २६ करोड ८८ लाख ८५ हजार छ सय ३० रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी एक अर्ब ४५ करोड रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा १४ अर्ब छ करोड ५६ लाख २७ हजार छ सय ४८ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७२ करोड ५१ लाख ८१ हजार एक सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५१ करोड ६१ लाख १४ हजार १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थामा सात दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भन ४८ करोड ४८ हजार चार सय ८१ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ९२ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले १२ अर्ब ८० करोड ५७ लाख ७१ हजार नौ सय ९७ रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब १५ करोड एक लाख ७९ हजार आठ सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ५५ करोड ७६ लाख २८ हजार दुई सय ३० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव १३ प्रतिशत रहेको थियो ।