काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा सात करोड ९८ लाख ४७ हजार दुई सय २० रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन करोड १६ लाख १२ हजार पाँच सय ५२ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी ६२ करोड ८३ लाख ५७ हजार तीन सय ३७ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा तीन अर्ब ९६ करोड ९२ लाख चार हजार एक सय ३७ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ५१ करोड ३२ लाख ५३ हजार सात सय ६६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३० करोड ९९ लाख ३४ हजार पाँच सय ३१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १० करोड ५८ लाख ९८ हजार ८५ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर तीन दशमलव ८८ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३१ करोड ५७ लाख २४ हजार आठ सय ९३ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ८० करोड ८१ लाख आठ हजार तीन सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २४ करोड ६२ लाख ३६ हजार दुई सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर दुई दशमलव ७७ प्रतिशत रहेको थियो ।