काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ५८ करोड २२ लाख पाँच हजार दुई सय ९० रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १८ करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ४० करोड ५२ लाख ४९ हजार नौ सय ८८ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार नौ सय रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा १० अर्ब ५३ करोड ३० लाख ४२ हजार पाँच सय १३ रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब २१ करोड ५५ लाख ७२ हजार नौ सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ६७ करोड आठ लाख ८६ हजार एक सय ६२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । स्प्रेडदर भने चार दशमलव ३५ प्रतिशत रहेको संस्थाको वितरणयोग्य नाफा भने ८६ करोड ८२ लाख २१ हजार पाँच सय ४५ रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले १० अर्ब तीन करोड १७ लाख ९४ हजार ३९ रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८० करोड ११ लाख १२ हजार तीन सय ३० कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ४९ करोड ३० लाख ३२ हजार तीन सय ३८ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ५५ प्रतिशत रहेको थियो ।