काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित प्रचलित ट्रयाङकुलिटी स्पामा बैंकका ग्राहकलाई ३० प्रतिशतसम्मको छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।
यो सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकले ट्रयाङकुलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । साथै, ट्रयाङकुलिटी वेलनेस कार्ड (टिडब्लुसी) धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलुन सेवाहरूमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन् । बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्धरहेको छ । आफ्नो खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करिब नौ सयभन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।
यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।