काठमाडौं । शेयरबजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ७९ दशमलव ८८ अंकले ओरालो लागेर २८ सय ९४ दशमलव ५७ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ५२ अंकले ओरालो लागेर पाँच सय १९ दशमलव ३४ बिन्दुमा खुम्चिएको छ ।
धितोपब बजारमा आज तीन सय ३३ वटा कम्पनीह्रुको दुई लाख १८ हजार पाँच सय ७८ पटक शेयर किनबेच भएको छ । जसबाट चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार १९ अर्ब ७४ करोड पाँच लाख ९३ हजार आठ सय रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त समुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।