काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आइतबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सबै किसानको पैसा दसैँ अगाडि नै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
उनले दुग्ध किसानको एक अर्ब २७ करोड र उखु किसानको एक अर्ब ३० करोडसहित सबै रकम दसैँ अगाडि उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । कृषकको वर्गीकरण गरी किसान कार्ड वितरण गरिने गर्ने र किसानलाई प्रोत्साहन गर्न अनुदानलाई किसान सूचीकरणसँग जोडी प्रभावकारी बनाइने उनको भनाइ छ ।
मन्त्री अधिकारीले उत्पादक र उपभोक्ता बिच रहेको ठुलो खाडल हटाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि अब स्थानीय सरकारसँगको समन्वयमा कृषक बजार (हाट) अघि बढाइने छ । जहाँ स्थानीय उत्पादनलाई मात्र प्रोत्साहन गर्ने बताए ।