नेपालगञ्ज । प्रहरीले नेपालगञ्जको एउटा पसलबाट सुनचाँदीसहित चार जनालाई पक्राउ गरेको छ । ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । बरामद भएको सुनचाँदी पसलका सञ्चालक भने फरार रहेका छन् ।
बर्दियाका एक जना सुन व्यापारीले नेपालगञ्जबाट सामान किनेर ल्याएको बताएका थिए । पछि बिक्री गर्ने कालीगढ कहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ ।