दमौली (तनहुँ) भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको जिप ऋषिङ गाउँपालिका–१ झापुटारमा आइतबार बिहान दुर्घटनाहुँदा छ जना घाइते भएका छन् ।

बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको र दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।