काठमाडौं, असार १६ सिभिल लघुुवित्त वित्तीय संस्थाले सेयर मूल्य समायोजन गरेको छ । संस्थाले साताको दोस्रो कारोबार दिन सोमबार पाँच प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य पाँच सय ४७ रूपैयाँ तोकेको हो । पछिल्लो पटक संस्थाको प्रतिकित्ता एक हजार २२ रूपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । बजार पुँजीकरण एक अर्ब १६ करोड ६२ लाख ४५ हजार ८० रूपैयाँ पुुगेको संस्थाको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने अंकित मूल्य एक सय रूपैयाँ कायम रहेको ११ करोड ४१ लाख १४ हजार रूपैयाँ बराबरको ११ लाख ४१ हजार एक सय ४० कित्ता सेयर सूचीकृत रहेको छ ।