काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित जस्मिन फिटनेस क्लब एन्ड स्पामा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई २० प्रतिशतसम्म विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको हो ।
त्यसैगरी हालै बैंकले ललितपुरस्थित मिडेक्स मल्टीस्पेस्यालिटी क्लिनिक एन्ड डायगोनिस्टक सेन्टरमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात ट्रयाङकुलिटी स्पाका देशभरका १७ वटै आउटलेटमा हरेक सेवा तथा सुविधामा ग्राहकलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । साथैै, लुगासुगामा समान खरिद गर्दा २२ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकलाई छुट सुविधा प्रदान गर्दै आइरहेको छ । संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।
बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।