काठमाडौँ । सानिमा बैंकका ग्राहकहरूले श्री एयरलायन्समा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङको माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको हो ।
यो व्यवस्थाअनुसार सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (क्युआर स्क्यान) गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ । बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । बैंकले हाल देशको सातै प्रदेशमा एक सय ३३ वटा कार्यालयहरू तथा एक सय २४ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।