काठमाडौं  । ट्रस्ट माइक्रो इन्स्योरेन्सले ब्लुबुक नवीकरण गरेर घरमा नै ल्याइदिने भएको छ । कम्पनीले आफ्ना बीमितको सवारी ब्लुबुक रिन्यु (नवीकरण) गरिदिने भएको हो । आफ्नो कम्पनीमा इन्स्योरेन्स गर्ने सवारीको ब्लु–बुक रिन्यू गरिदिएर घरमै ल्याइदिने कम्पनीले जनाएको छ । घरमै आएर ब्लु–बुक रिन्यु गरिदिएर फेरि घरमै ल्याइदिएबापत कम्पनीले कुनै शुल्क नलिने जानकारी दिएको छ । तर नवीकरण गर्दा यातायात कार्यालयमा बुझाउनुपर्ने रकम भने बीमित स्वयंले बेर्होनुपर्ने कम्पनीको भनाइ छ ।