काठमाडौं । हान्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘हाम्रो चाडबार्ड, होन्डाको खुसियाली बारबार’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको हो ।
योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्र्याच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्नेछन् । साथै, ‘चुज योर स्किम’अन्र्तगत ग्राहकले १० हजार रुपैयाँसम्मको थप स्क्र्याच कार्ड वा १२ हजार पाँच सय रुपैयाँ बराबरको पाँच वर्षे एएमसी प्याकेज वा बाई वान गेट वान सर्भिसिङ सात वर्षसम्म सित्तैमा पाउन सक्नेछन् । यस्तै, होन्डाको विग वाइक्समा एक लाख रुपैयाँसम्मको छुट पनि पाउन सकिनेछ । योे योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
नेपालमा सर्वाधिक रुचाइएको होन्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकमा थप उत्साह जगाउने कम्पनीले विश्वास लिएको जनाएको छ । यो स्किम होन्डा ईजी फाइनान्समा पनि लागू हुनेछ ।